Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • नेरेसो पोखरा २४, कास्कीकोट उपशाखाको पन्ध्रौँ वार्षिक साधारण सभा

नेरेसो पोखरा २४, कास्कीकोट उपशाखाको पन्ध्रौँ वार्षिक साधारण सभा

नेरेसो पोखरा २४, कास्कीकोट उपशाखाको पन्ध्रौँ वार्षिक साधारण सभा

पोखरा, ५ माघ। नेपाल रेडक्रस सोसाइटी पोखरा २४, कास्कीकोट उपशाखाको पन्ध्रौँ वार्षिक साधारण सभा वडा कार्यालयको सभाहलमा एक समारोहका बीच शनिबार सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्री धर्मराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष विष्णुकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

उपशाखाको विकासका लागि कास्की शाखाले आवश्यक सहयोग गर्ने बचन प्रमुख अतिथिले दिएको उक्त कार्यक्रममा पोखरा २४ का वडाध्यक्ष ओम सुवेदीले रेडक्रसका गतिविधिको प्रशंसा गर्दै यस उपशाखालाई कास्कीकै उत्कृष्ट शाखा बनाउने कुरामा कार्यलयबाट सक्दो प्रयास गर्ने कुरा व्यक्त गरेका थिए।

भवनको अभावमा गतिविधिहरू सहज रूपमा सञ्चालन गर्न कठिन भएको विषयलाई उठाउँदै वार्षिक प्रगति प्रतिवेदनका साथ नेपाल रेडक्रस सोसाइटी पोखरा २४, कास्कीकोट उपशाखाका सभापति एवं कार्यक्रमका अध्यक्ष ठाकुरप्रसाद त्रिपाठीले यस आर्थिक वर्षमा सबैको सहयोग र साथ पाए उपशाखाको भवन निर्माण गर्ने लक्ष्य राखेको कुरा व्यक्त गरेका थिए।

उपशाखाका सचिव बाबुराम भुजेलले सञ्चालन गरेको उक्त कार्यक्रममा उपसभापति खिमनाथ तिमिल्सिना, नेकपा कास्कीकोटका अध्यक्ष मनहरि त्रिपाठी लगायतका वक्ताहरूले बोलेका थिए। कार्यक्रममा भवन निर्माणका लागि जग्गादाताको खोजी गर्ने र निर्माणमा आर्थिक सहयोगका लागि सम्पूर्ण दानवीर तथा कास्कीकोट बासीहरूसँग अनुरोध गर्ने कुरा छलफल भएको कार्यसमिति सदस्य होमनाथ भट्टराईले जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका