Samacharpati
आइतबार, चैत्र १६, २०७६
  • होमपेज
  • आस्थाले फेसबुकबाट हटाएको भिडियो भेटीयो

आस्थाले फेसबुकबाट हटाएको भिडियो भेटीयो

पाेखरा, ४ पुस । गायिका आस्था राउत बुधबार यता चर्चामा छिन् । बुधवार दिउँसो कार्यक्रममा झापाको भद्रपुर जाँदा त्रिभुवन विमानस्थलमा एक महिला प्रहरीले दुव्र्यवहार गरेको भन्दै भिडियोमार्फत आक्रोश पोखे यता उनी चर्चामा छिन् ।

प्रहरीले उनलाई ‘तँ’ भनेर बोलाएको, दुव्र्यवहार गरेको भन्दै उनले लाइभ भिडियोमा आक्रोश पोखेकी थिइन् । आस्था भद्रपुर हुदै सिक्किममा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जादै थिइन् । राउतले भनेकी छिन्, ‘अनि त्यो पुलिस डन्ठिनीहरु, त्यो सिपाही प्युसी प्युपीहरु । तिमीहरुको बोल्ने ढंग छैन रु’

आस्थाको भिडियो केही समयमै भाइरल भएको थियो । भिडियो भाइरल भएपछि गायिका राउतले प्रयोग गरेका शव्दप्रति माफी मागेकी छिन् । फेसबुकमा उनले लेखेकी छिन्, ‘रिसको आवेगमा बेद पढिँदैन। मलाई पनि त्यस्तै भयो। इनएप्रोप्राइट वर्डर्सका लागि क्षमा चाहन्छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका