Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • कालीमाटी दुर्घटनामा निधन भएका प्रहरीप्रति मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

कालीमाटी दुर्घटनामा निधन भएका प्रहरीप्रति मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

कालीमाटी दुर्घटनामा निधन भएका प्रहरीप्रति मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त
पोखरा, ३ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा बुधबार भएको दुर्घटनामा निधन हुनुभएका प्रहरीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । माघेसङ्क्रान्ति मेलाको सुरक्षामा खटिएर फर्कदै गरेको बा १ ग २८११ नम्बरको भ्यान सो स्थानमा दुर्घटना हुँदा प्रहरी जवान सन्दीप केसीको निधन हनुका साथै अन्य ३० जना प्रहरी घाइते भएका थिए ।
मुख्यमन्त्री गुरुङले बिहीबार जारी गर्नुभएको शोकवक्तव्यमा गाडी दुर्घटनामा परी प्रहरी जवान केसीको निधन र अन्य प्रहरी घाइते भएको खबरले आफूलाई दुःखित बनाएको उल्लेख छ । मृतक प्रहरी जवानको परिवारप्रति समवेदना व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले घाइते प्रहरीको शीघ्रस्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।
घाइतेको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो । यसैगरी बिहीबार तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले दुर्घटनास्थलको निरीक्षण गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका