Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • सुलभ उपभोक्ता सहकारीको लक्कि ड्र सार्वजनिक

सुलभ उपभोक्ता सहकारीको लक्कि ड्र सार्वजनिक

सुलभ उपभोक्ता सहकारीको लक्कि ड्र सार्वजनिक

पोखरा, २ माघ । पोखरा ६ लेकसाइडमा रहेको सुलभ उपभोक्ता सहकारीले सञ्चालन गरेको देशैं, तिहार, छठ र नयाँ वर्षको उपहार योजना सार्वजनीक गरेको छ । असोज १ गतेदेखि पुस २९ गते सम्म सञ्चालन भएको उपहार योजनामा कुपन नम्बर १४०८९ का दिनेश कोइरालले पहिलो पुरस्कार जित्न सफल भएका छन् ।

उनले एउटा स्कुट जिन्त सफल भए । बुधबार पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारी र वडा सदस्य हरीकृष्ण पहारीले लक्कि ड्र खोलेका थिए । त्यसै गरि दोस्रो उपहार कुपन नम्बर १९७३६ का रुपेस पहारीले जितेका छन् । उनले वासिङ मेसीन जित्न सफल भए । तेस्रो उपहार कुपन नम्बर १५१३३ का लोक गुरुङले स्मार्ट टिभि, चौथो पुरस्कार कुपन नम्बर १४५१६ का श्रीराम देवकोटाले फ्रिज जित्न सफल भए ।

त्यसै गरि ६७८० कुपन नम्बरका दिनेस खड्काले पाँचौ पुरस्कार राइस कुकर हात पारेका छन् । अन्य २८ जनाले सान्तोना पुरस्कार जित्न सफल भएको सुलभ उपभोक्ता सहकारीका व्यस्थापक दयाल गिरीले जानकारी दिए । उनले १ हजार बराबरको खरिदमा एउटा कुपन ग्राहकल पाउने र तिनै कुपनको अर्धकटिलाई लक्कि ड्र गरेको बताए । सहकारीमा कार्यक्रममा सहकारीका कोषाध्यक्ष लोक गुरुङ, सचिब लक्ष्मण बराल लगाएतले सुभल उपभोक्ता सहकारीले ग्राहकहरुलाई मध्ये नजर गरेर बेला बेलामा विभिन्न योजनाहरु ल्याउने गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका