Samacharpati
सोमवार, जेष्ठ १२, २०७७
  • होमपेज
  • स्याङ्जाकि सुनिता पौडलले एकै पटक जन्माइन चम्ल्याहा बच्चा

स्याङ्जाकि सुनिता पौडलले एकै पटक जन्माइन चम्ल्याहा बच्चा

स्याङ्जाकि सुनिता पौडलले एकै पटक जन्माइन चम्ल्याहा बच्चा
पाेखरा, २ माघ । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिनुभएको हो ।
हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिनुभयो ।
पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् ।
डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका एक छोरा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका