Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • परम्परागत पेशाले आकर्षित गर्न सकेन कुमाल युवालाई

परम्परागत पेशाले आकर्षित गर्न सकेन कुमाल युवालाई

परम्परागत पेशाले आकर्षित गर्न सकेन कुमाल युवालाई
तुलसीपुर, २ माघ । माटोका भाँडा बनाउने पेशाप्रति कुमाल युवाले पछिल्लो समय कुनै चासो दिएका छैनन् । भाँडा बनाउनु कुमाल पहिचान बनेको छ । युवाको चासो भाँडा बनाउनेभन्दा बैदेशिक रोजगारीमा जान आकर्षण बढ्दो छ । दाङका कुमाल अगुवा प्रेम कुमालले भन्नुभयो, “जनशक्ति घट्दै जाँदा पेशा नै सङ्कटमा पर्ने खतरामा छ । ” यहाँ प्रेसीनी, देउखुरीलगायतका क्षेत्रमा माटोका भाँडा बनाउने गरिन्छ ।
वृद्धवृद्धाले मात्रै बनाउँदै आफ्नो परम्परालाई धान्दै आएका छन् । “युवाले माटोका भाँडा बनाउने पेशा छाड्दै गइरहेका छन्”, उहाँले भन्नुभयो, “जसले गर्दा पेशा नै सङ्कटमा पर्ने खतरा छ ।” युवालाई परम्परागत पेशाप्रति आकर्षण गर्न विभिन्न तालीमको आयोजना हुँदै आएको छ । युवा पुस्ताले सीप व्यवहारमा उतारेका छैनन् । बजारमा यस्ता भाँडा माग बढ्दो छ । दाङको तुलसीपुर–७ प्रसेनीमा करीब ३०० कुमाल समुदायको बसोबास छ ।
ती कुमाल समुदायले पुर्खादेखि नै भाँडा बनाउने पेशा अँगाल्दै आएका थिए । युवालाई भाँडा निर्माण गर्नेतर्फ प्रोत्साहन गर्न आवश्यक रहेको वृद्धवृद्धाले जोडदिनुहुन्छ । तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले पेशा जोगाराख्न ध्यान दिने बताउनुभयो । “कुमालको माटोका भाँडा बनाउने पेशा लोप हुने अवस्थामा छ”, उहाँले भन्नुभयो, “यो पेशालाई जोगाइराख्न स्थानीय सरकारबाट पहल थाल्छु । पेशालाई आधुनिकतामा ढल्काउनै पर्छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका