Samacharpati
मङ्लबार, असार २३, २०७७
  • होमपेज
  • कास्की प्रहरीमा पुसमा मात्रै १ सय ५० बढी मुद्धा दर्ता

कास्की प्रहरीमा पुसमा मात्रै १ सय ५० बढी मुद्धा दर्ता

कास्की प्रहरीमा पुसमा मात्रै १ सय ५० बढी मुद्धा दर्ता

पोखरा, १ माघ । जिल्ला प्रहरी कार्यालय कास्कीमा पौष महिना भरि १ सय ५३ वटा मुद्धाहरु दर्ता भएका छन् । नियमित पत्रकार भेटघाट कार्यक्रममा कास्की प्रहरीका प्रवक्ता राजकुमार केसिले दिएको जानकारी अनुसार सार्वजनिक हित विपरितको कसुर, लागुऔषध, जवरजस्तिकरणी, बालयौन दुरुपयोग, बैंकिङ कसुर, कर्तव्य ज्यान, आत्महत्या लगायत गरि १९ वटा शिर्षकमा १ सय ५३ वटा मुद्धाहरु दर्ता भएका हुन् । मुद्धा दर्तामा मंसिरको तुलनामा १ सय ४० प्रतिशतले वृद्धि भएको केसिले बताउनुभयो ।

पौष महिनामा १४ जना फरार अपराधि पक्राउ गरिएको, ६ हजार ३ सय १ ट्राफिक कार्वाही गरिएको, लागुऔषध ओसार पसारमा संलग्न ३५ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो अवधिमा १ हजार ५ एम्पुल र्बुफीन, १ हजार १६ एम्पुल डाइजेपाम, १ हजार ३३ एम्पुल फेनेरागन, २ केजि ७ सय ८४ ग्राम गाँजा, १८.८३ ग्राम चरेस र ९९ सय चक्की नाईट्रोसन बरामद गरिएको छ ।

प्रहरीले सुर्खेत बराहताल गाँउपालिका वडा नं. ४ घर भई हाल पोखरा १४ नयाँबस्ति बस्ने ३२ वर्षका डिल बहादुर सुनारलाई विष्फोटक पदार्थ सहित पक्राउ गरेको छ । उनको साथबाट रातो तार सहितको नन ईलेक्ट्रोनिक्स डेटोनेटर ४ थान, डेटोनेटरको खोका ३ थान, डेटोनेटर राख्ने ठुलो खोका ५ थान र ४ थान मोवाईल सहित विभिन्न दस्तावेजहरु फेला परेका प्रहरीले बताएको छ ।

यस्तै स्कुटर तथा मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको कास्कीले प्रहरीले बताएको छ । पोखरा ७ का २३ वर्षीय सुवास वि.क, पोखरा ३१ का २४ वर्षीय मिलन वि.क, पोखरा ३२ का २५ वर्षीय पेम्वा घिसिङ र पोखरा ९ का एक १७ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रवक्ता केसिले बताउनुभयो ।

कास्की प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्रै कास्कीमा बैङ्किङ कसुरका घट्नाहरुमा समेत वृद्धि आएको छ । श्रावणदेखी पौष मसान्त सम्म बैंकिङ् कसुरमा ३२ वटा मुद्धाहरु दर्ता भएका छन् । जसमा १० जना लाई प्रहरीले पक्राउ गरेको छ भने, २२ जना फरार रहेका छन् । उनिहरु माथी २ करोड ४५ लाख ३२ हजार ५ सय बराबरको कायम गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम, सुरक्षा व्यवस्था भरपर्दो बनाई जनविश्वास अभिवृद्धि गर्ने, सामुदायिक सुरक्षा अभिवृद्धि तथा आन्तरीक शुद्धिकरणको भावि रणनीति तय गरेको कास्की प्रहरी कन्ट्रोल रुममा आउने गुनासो तथा सुचनाहरु प्राप्त भएको ५ दशमलव ३८ मिनेटमा घट्नास्थल पुग्ने गरेको छ । साथै पुलि अफ दि मन्थ घोेषणा गर्दै एक जना प्रहरी हवल्दार र एक जना प्रहरी जवानलाई सम्मान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका