Samacharpati
बिहीबार, फाल्गुन ८, २०७६
  • होमपेज
  • निर आले र सावित्रा भुजेलको अभिनय मा ”पछ्यौरी चुनीको ” भिडियो सहित

निर आले र सावित्रा भुजेलको अभिनय मा ”पछ्यौरी चुनीको ” भिडियो सहित

काठमान्डौँ ,  १  माघ । नेपाली लोक गीत संगीतको क्षेत्रमा परम्परागत सस्कृति झल्कने मौलिक भाकामा तयार पारिएका गीत संगीतहरु बजारमा पछिल्लो समय कमै मात्रामा बजारमा आइरहेका छन ।

गायक दयाराम गुरुङ र गायिका राधा गुरुङको आवाजमा रहेको मौलिक कौडा गीत ”पछ्यौरी चुनीको ”को भिडियो बजारमा सार्वजनिक भएको छ ।

मौलिक पनमा तयार पारिएको गीतमा प्रेमका भावनात्मक कदमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । जन जिविकाका विभिन्न अनुभव र अनुभुतिलाई गीतमा समावेश गरिएको छ । दयाराम गुरुङको शब्द सिर्जना तथा लय सिर्जना ”पछ्यौरी चुनीको ” गीतमा रहेको छ ।

”पछ्यौरी चुनीको ”गीतमा शुशिल डाँगीको छायाँकन , निरज केसीको सम्पादन तथा पछिल्लो समयमा सर्वोकृष्ट गीतहरुमा आफनो नविन कला र प्रस्तुतीका साथमा निर्देशनमा निकै रुचाइएका अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ ।

गीतको भाव जति आकर्षक रहेको छ । त्यसमा कलाकारहरुको प्रस्तुती त्यतिनै हेर्न लायक रहेको छ । ”पछ्यौरी चुनीको ” गीतको भिडियोमा निर आले र सावित्रा भुजेलको अभिनय रहेको छ । ”पछ्यौरी चुनीको ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका