Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • अन्तर एकाइ ब्याडमिन्टनमा महिलातर्फ रामबजार र युवातर्फ सराङकोटलाई उपाधि

अन्तर एकाइ ब्याडमिन्टनमा महिलातर्फ रामबजार र युवातर्फ सराङकोटलाई उपाधि

अन्तर एकाइ ब्याडमिन्टनमा महिलातर्फ रामबजार र युवातर्फ सराङकोटलाई उपाधि

पोखरा, १ माघ । नेपाल मगर संघ, कास्कीले माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको अन्तर एकाइ ब्याडमिन्टन (डबल्स) प्रतियोगिताको उपाधि प्रौढतर्फ दीप बगर एकाइ, महिलातर्फ रामबजार र युवातर्फ सराङकोट एकाइले जितेको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिता सोमबार सकिएको हो । प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार भने बुधबार प्रदान गरिने प्रतियोगिता संयोजक दिनेश रोकामगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रौढतर्फ प्रथम हुने दीप बगर एकाइका रामप्रसाद बुदुजामगर र पूर्णबहादुर रानामगर, द्वितीय ढुंगेपाटनका क्या. भक्तबहादुर पुनमगर र रामबहादुर पुनमगर, तृतीय रामबजार एकाइका ज्ञानेन्द्र थापामगर र भरत रानामगर, चौथो हुने चाउथे कदममार्ग एकाइका हर्क आलेमगर र दलबहादुर सूर्यवंशीमगर रहेका छन् ।

त्यस्तै, महिलातर्फ प्रथम हुने रामबजार एकाइका सुधा थापामगर र ओमकुमारी रानामगर, द्वितीय ढुंगेपाटन एकाइका मिनु पुर्जामगर र माया पुनमगर, तृतीय माटेपानी एकाइका रिमाकुमारी पुनमगर र सोममाया पाइजामगर, चौथो हुने ढुंगेपाटन एकाइका पुष्पा पुनमगर र पुनम पुनमगर रहेका छन् ।

त्यसैगरी, युवातर्फ प्रथम हुने सराङकोट एकाइका रेशम आलेमगर र प्रेम पुनमगर, द्वितीय दीप बगरका शमशेर सारूमगर र होमबहादुर पुनमगर, तृतीय अर्घौ एकाइका दलसुर पुर्जामगर र ओम रानामगर, चौथो दीप बगर एकाइका पूर्णबहादुर रानामगर र रामप्रसाद बुदुजामगर रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका