Samacharpati
शनिबार, माघ ११, २०७६
  • होमपेज
  • तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल शुरु

तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल शुरु

तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल शुरु

सुमिन सुनार, पोखरा २९ पुस । पोखरा महानगरपालिका १० रामबजारमा तेस्रो संस्करणको अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ ।

रामबजार स्थित रेम्बो एकेडेमी होम्सको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा एस एन ब्रदर्सले गोर्खा कम्पनीलाई २–१ गोलले हराउदै पहिलो जित निकालेको छ ।

मंगलबार भएको उद्घाटन खेलमा ब्रदर्सका रुपेश गुरुङले दुई गोल गर्दै टिमलाइ जित दिलाए । गुरुङले खेलको १८ औ मिनेटमा फ्रीकिकमा गोल गरे । त्यस्तै उनले खेलको ३८ औ मिनेटमा पुन फ्रीकिकमा नै गोल गर्दै टिमलाइ जित दिलाएका हुन । उनले व्यक्तिगत दोस्रो गोल गरे ।

निर्धा्रित ४० मिनेटको खेलको पहिलो हाफमा १–० गोलले अग्रता बनाएको ब्रदर्सले दोस्रो हाफमा सम्हालिन नसक्दा खेल बराबरीमा पुगेको थियो । खेल बराबरीमा गएपनी हार भने टर्‍यो ।

पहिलो हाफमा १ गोलले पछि परेको गोर्खा कम्पनीको लागी दोस्रो हाफमा क्याप्टेन बेल बहादुर गुरुङले हेड गोल गर्दै बराबरी बनाए । गोर्खाले पाएको कर्नरकिकको सदुपयोग गर्दै गोल गर्न सफल भएको थियो । उनले खेलको ३५ औ मिनेटमा गोल गर्दै बरबरी बनाए । गोर्खा खेलमा सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।

प्रतियोगिताको दोस्रो खेलमा ब्रदर्स फुटबल क्लबलाई युनाइटेड फुटबल क्ल्बले टाइब्रेकरमा ३–१ गोलले हराउदै जित हात पारेको छ । निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक दोस्रो खेलमा दुबै टोलिले पाएको अवसरको सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको हो ।

युनाइटेडको लागी टाइब्रेकरमा रवि गुरुङ, नारायण केसि र अमित गुरुङले गोल गरे भने ब्रदर्सको लागी अनुप थापाले एक गोल गरे ।प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै वडा नं. १० का वडा अध्यक्ष राजकुमार गुरुङले अमन गुरुङलाइ अमर राख्न प्रतियोगिता आयोजना गरिएको बताए । खेलको माध्यमबाट समाजलाइ सकरात्मक असर पर्ने हुँदा यस्ता प्रतियोगिता हुन आवश्यक रहेको उनले बताए ।

त्यस्तै वडा १५ वडा अध्यक्ष प्रकाश पौडेलले यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्ने बताउदै खेलले युवाहरूलाई समाज सेवा र विकासमा सहयोग पुग्ने धारणा राखे । सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नवीन पुनले महासंघ गठन गर्दा निकै समस्या परेको धारणा राखे । ग्रामीण क्षेत्रको खेलाडिले फुटबल खेल्ने मौका पाउने लक्ष्यसाथ महासंघ गठन गरेको उनले बताए ।

यसरी प्रतियोगितामा सहयोग गर्न पाउँदा खुसी लागेको पुनले बताए । उनले पोखराको फुटबल विकासमा सहारा क्लबको महत्त्वपूर्ण योगदान रहेको भन्दै धन्यवाद ज्ञापन समेत व्यक्त गरे । उक्त कार्यक्रममा भ्याली स्पोर्ट्स क्लबका अध्यक्ष समर बहादुर श्रेष्ठ , उपाध्यक्ष मिना भण्डारी , महेश गुरुङ लगायतले आफ्नो भनाइ राखेका थिए ।

प्रतियोगितामा इन्टेक ०६ विग्रेड अफ गोर्खाज यु.के,आयोजक र अन्य क्लब गरि १८ टिमको सहभागीता रहेको प्रतियोगिता संयोजक संयोजक विश्व तण्डुकरले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद रू एक लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन । यस्तै उत्कृष्ट खेलाडीले १२ हजार र सर्वा्धिक गोलकर्ताले ७ हजार रुपैयाँ पाउने छन् भने म्यान अफ दि म्याचले मोबाइल प्राप्त गर्ने छन ।  प्रतियोगिता अन्तरगत बुधबार (आज ) चार खेल हुने आयोजकले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका