Samacharpati
शनिबार, माघ ११, २०७६
  • होमपेज
  • रुपा मेलाको दोस्रो दिन हाजिरजवाफमा गाँउफर्कआधारभुत विद्यालय प्रथम

रुपा मेलाको दोस्रो दिन हाजिरजवाफमा गाँउफर्कआधारभुत विद्यालय प्रथम

रुपा मेलाको दोस्रो दिन हाजिरजवाफमा गाँउफर्कआधारभुत विद्यालय प्रथम

सुमन जिसी, लेखनाथ, २९ पुस । रुपा गाउँपालिकाको बृहत पर्यटन बिकासका लागि धु्रवतारा क्लबले हरेक बर्ष गर्दै आएको रुपा मेला यस वर्ष पनि निरन्तर रहेको छ । कास्कीको रुपा गाउँपालिका स्थित रुपा ६ भिरचोकमा रुपा मेला २०७६ शुरु भएको छ ।

धु्रवतारा क्लब भिरचोकको आयोजना एबं रुपा गाउँपालिकाको संयोजनमा मेलाको दोस्रो दिन पनि विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । मेलामा खुल्ला प्रा.वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

जसमा गाँउर्फक आधारभुत विद्यालय प्रथम भएको छ भने क्रमश कालिका मा.वि. स्यास्त्री र रुपाज्योती तालबेशी द्धितिय र तृतिय हुन सफल भएका छन् । प्रथम, द्धितिय र तृतिय हुने विद्यालयले क्रमश दश हजार, सात हजार र चार हजार प्राप्त गरेका छन् ।

मेलामा जारी भलिबल प्रतियोगीतामा कुल २६ टिमको सहभागिता रहेको र भलिबलका बिभिन्न चरणको खेल जारी रहेको क्लबका सल्लाहाकार अर्जुन गुरुङले बताएका छन् ।

मेलामा बिद्यालय स्तरिय नृत्य प्रतियोगीतामा ,झाँकी प्रर्दशनी प्रतियोगीता, राष्ट्रिय लोक दोहोरी कलाकारहरुको प्रस्तुती,बिबिध हास्यब्याङ्ग एवं नृत्य साथै सांस्कृतिक कार्यक्रमहरु मेलाका आर्कषणका रुपमा रहेको धु्रवतारा क्लबका अध्यक्ष प्रेम खड्काले जानकारी दिए ।

धु्रवतारा क्लबको २०औ वार्षिक उत्सवको अवसरमा आयोजित मेला पौष २८ देखि माघ १ गते सम्म सन्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका