Samacharpati
शनिबार, माघ ११, २०७६
  • होमपेज
  • पहिराकाे कारणले सिन्धुपाल्चोकको भैरवकुण्ड विद्युत् आयोजनामा क्षति

पहिराकाे कारणले सिन्धुपाल्चोकको भैरवकुण्ड विद्युत् आयोजनामा क्षति

पहिराकाे कारणले सिन्धुपाल्चोकको भैरवकुण्ड विद्युत् आयोजनामा क्षति
चौतारा, २९ पुस । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीमा कलाछे भन्ने स्थानमा सोमबार बेलुका झरेको सुक्खा पहिराले भैरवकुण्ड विद्युत् आयोजनामा व्यापक क्षति पुगेको छ । क्षति पुगेसँगै ३.१ मेगावाट विद्युत् उत्पादनसमेत बन्द भएको छ ।
पहिराबाट कार्यालय भवन, बाँध र एक स्काभेटरसमेत पुरिएका छन् । करीब २५० मिटर लम्बाइ र १५० मिटर चौडाइको उक्त पहिराबाट भैरवकुण्डस्थित लार्चाखोलाको तीन भाग पानीमध्ये एक भाग थुनिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका