Samacharpati
शनिबार, माघ ११, २०७६
  • होमपेज
  • भैरहवामा विद्युत् चुहावट घट्दो

भैरहवामा विद्युत् चुहावट घट्दो

भैरहवामा विद्युत् चुहावट घट्दो
लुम्बिनी, २९ पुस । विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले लुम्बिनी, भैरहवा क्षेत्रमा गत साउनदेखि मङ्सिर मसान्तसम्मर एक करोड ८० लाख युनिट विद्युत् चुहावट भएको जनाएको छ । उक्त युनिट बराबर रु १७ करोड हुन्छ । प्रतिमहिना सवा तीन करोड मूल्य बराबरको विद्युत् चुहावट हुने गरेको छ ।
केन्द्रका प्रमुख जितेन्द्रकुमार झाका अनुसार गत साउनमा ७९ लाख युनिट चुहावट भएकोमा मङ्सिरमा १५ लाख युनिट पुगेको छ । चुहावटमा प्राविधिकतर्फ ५० र अप्राविधिकतर्फ ५० प्रतिशत हुने गरेको छ । प्राविधिक भन्नाले तारमा करेन्ट बगेर हुने र अप्राविधिक भन्नाले हुकिङ, मिटर बाइपास, डिमान्ड चुहावट हो । चालू वर्षमा बाइपास मिटर गरेका ४५ र हुकिङमा सङ्लग्न पाँच गरी ५० जनालाई कारवाही गरिएको झाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “चुहावट गर्ने घटेका छन्, गत मङ्सिरसम्म ५० जनालाई कारवाही गरी रु १२ लाख असुली भएको छ ।” भैरहवा, लुम्बिनी र धकधई क्षेत्रमा मासिक आयात युनिट दुई करोड ५६ लाख १२ हजार छ । बिक्री युनिट दुई करोड ३९ लाख ८९ हजार छ । केन्द्रमार्फत ७२ हजार ग्राहक लाभान्वित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका