Samacharpati
आइतबार, माघ १२, २०७६
  • होमपेज
  • कलाकार हरि विष्टले धुर्मुस फाउण्डेसनलाई आर्थिक सहयोग

कलाकार हरि विष्टले धुर्मुस फाउण्डेसनलाई आर्थिक सहयोग

कलाकार हरि विष्टले धुर्मुस फाउण्डेसनलाई आर्थिक सहयोग
सुर्खेत, २९ पुस । नेपाल तरुण दलका जिल्ला अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनका अवसरमा धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५१ हजार १११ सहयोग गर्नुभएको छ ।
उहाँले फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ उक्त रकम प्रदान गर्नुभएको हो । उहाँले जन्मदिनका अवसरमा होटलमा फजूल खर्च गर्नुभन्दा विकास निर्माणमा लगानी गर्न उपयुक्त लागेको बताउनुभयो ।
फाउण्डेसनको बैँक खातामा सो रकम जम्मा गरेको कलाकार विष्टले जानकारी दिनुभयो । साथै, उहाँले सुर्खेत उद्योग वाणिज्य सङ्घको व्यावसायिक राहत अक्षयकोषलाई पनि सहयोगस्वरुप रु ५१ हजार १११ प्रदान गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका