Samacharpati
बिहीबार, माघ १६, २०७६
  • होमपेज
  • साँखुमा भएकाे मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

साँखुमा भएकाे मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

साँखुमा  भएकाे मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
साँखु, २९ पुस । शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुदाँ सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ । काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा ६४प ६८०९ नंको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो ।
उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँकै घाइते सागर श्रेष्ठको नारायणटारस्थित शङ्खरापुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिनुभयो । प्रहरीका अनुसार उक्त मोटरसाइकल नेपाली नम्बरप्लेट र भारतीय नम्बरप्लेट रहेको दुई स्किारपियोमा ठोक्किएर दुर्घटना भएको हो ।
चाबहिलबाट साँखु जाँदै गरेको बा१६च ८७७० नंको स्कारपियो सडकको बीचमा रोकिराखेको र उक्त स्किारपियोले ढोका खोल्दा मोटरसाइकल ढोकामा ठोक्किएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बीआर०६पिडी४०५९ नंको भारतीय स्कारपियोले थप ठक्कर दिएको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीले दुवै स्किारपियो चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका