Samacharpati
शनिबार, माघ ११, २०७६
  • होमपेज
  • बागलुङमा माघ १६ देखि मेयरकप फुटबल हुने

बागलुङमा माघ १६ देखि मेयरकप फुटबल हुने

बागलुङमा माघ १६ देखि मेयरकप फुटबल हुने
गलकोट, २९ पुस । आगामी माघ १६ गतेदेखि २२ गतेसम्म बागलुङमा मेयरकप फुटबल आयोजना हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल सङ्घको संयोजनमा राष्ट्रियस्तरको मेयर कप फुटबलको आयोजना गर्न लागिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
“खेलको प्रवद्र्धनमार्फत आन्तरिक पर्यटक बागलुङ ल्याउने हाम्रो मनसाय हो”, उहाँले भन्नुभयो, “खेलकूदबाट बागलुङलाई चिनाउन राष्ट्रियस्तरको मेयरकप आयोजन गर्न थालिएको हो ।” नगरपालिकाले प्रतियोगिता सम्पन्न गर्न रु २१ लाख ९६ हजार ११० बजेट विनियोजन गरेको छ । १२ देखि २० समूहले सहभागिता जनाउने अपेक्षा गरिएको फुटबल सङ्घका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख प्राप्त गर्नेछ । उपविजेताले रु दुई लाख र सेमिफाइनल पुग्ने टिमले रु ६०–६० हजार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु १० हजार र विधागततर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समानस्वरुप रु पाँच हजारका दरले पुरस्कार पाउने छन् । यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले रु दुई हजार प्राप्त गर्नेछन् । न्यानो कपडा वितरण दुई आश्रममा रहेका बेसाहारालाई रु ४० लाख बराबरको न्यानो कपडा वितरण गरिएको छ । कोरियामा रहेका नेपालीको सक्रियतामा न्यानो कपडा ब्लाङ्केट वितरण गरिएको सुमन केसीले जानकारी दिनुभयो । “यो जाडोमा आश्रय लिएर बसेका बेसाहारा तथा असाहाय नागरिकलाई जाडोमा न्यानो पार्ने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो, “कोरियामा पसिना बगाउँदै आएका नेपालीको देशप्रतिको सानो माया मात्रै हो ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका