Samacharpati
शनिबार, माघ ११, २०७६
  • होमपेज
  • नेपाल प्रहरीद्वारा पर्वत जिल्लाका सातवटै स्थानीय तहलाई सम्मान

नेपाल प्रहरीद्वारा पर्वत जिल्लाका सातवटै स्थानीय तहलाई सम्मान

नेपाल प्रहरीद्वारा पर्वत जिल्लाका सातवटै स्थानीय  तहलाई सम्मान
पर्वत, २९ पुस । समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै नेपाल प्रहरीले पर्वत जिल्लाका सातवटै स्थानीय तहलाई सम्मान गरेको छ । प्रहरी प्रधान कार्यालयले यहाँका दुई नगरपालिका र पाँच गाउँपालिकालाई प्रशंसापत्रले सम्मान गरेको हो ।
सोमबार जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कुश्मा नगरप्रमुख रामचन्द्र जोशी, फलेवास नगरप्रमुख पदमपाणि शर्मा, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, विहादी गाउँपालिकाका उपाध्यक्ष डम्बरकुमारी गुरुङ र महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैलाई प्रशंसापत्र हस्तान्तरण गरिएको थियो । विसं २०७५ कात्तिकदेखि शुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम १२ वटा विधामा सञ्चालन भएका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा नै कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँका स्थानीय तहका सहयोग ऐतिहासिक रहेको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिका संयोजक मनोहर बि पौडेलले समुदाय–प्रहरी साझेदारी कार्यक्रम सफल भएको बताउनुभयो । फलेवास नगरपालिकाका नगरप्रमुख शर्माले समुदायका हरेक पक्षमा प्रहरी अनिवार्यजस्तै भइसकेको अवस्थामा प्रहरीलाई साधन र स्रोतले सम्पन्न गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्णले जलजला गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापनाको माग गर्नुभयो । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले समुदायलाई सचेतीकरण गर्नका कार्यक्रम सफल भएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका