Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • तनहुँमा लागुऔषध मुद्दाका अभियुक्तलाई दुई वर्ष कैद

तनहुँमा लागुऔषध मुद्दाका अभियुक्तलाई दुई वर्ष कैद

तनहुँमा लागुऔषध मुद्दाका अभियुक्तलाई दुई वर्ष कैद
दमौली, २९ पुस । तनहुँ जिल्ला अदालतले लागुऔषध मुद्दाका एक अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको सोमबारको इजलासले शुक्लागण्डकी नगरपालिका–४ बस्ने कृष्ण प्रजापतिलाई दुई वर्ष कैदको फैसला गरेको हो ।
साथै उनलाई रु एक लाख जरिवाना गर्ने फैसलासमेत भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो ।
सोही मुद्दामा पक्राउ परेका शुक्लागण्डकी नगरपालिका–४ बस्ने धतुरे भन्ने आशिष श्रेष्ठ, सोही नगरपालिका–३ बस्ने प्रेम भन्ने सुरज थापा, वडा ४ बस्ने टाटे भन्ने प्रकाश परियार,वडा–३ बस्ने हरि माककाले भन्ने मार्क श्रेष्ठ र रुपन्देही सम्मरीमाई गाउँपालिका–७ बस्ने अजयकुमार यादवलाई रु दुई हजार जरीवानाको फैसला गरेको उहाँले बताउनुभयो ।
साथै शुक्लागण्डकी नगरपालिका–३ बस्ने मेन्टल भाइ भन्ने विकास मगरले भने अदालतबाट सफाइ पाएका छन् । निजहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले गत वैशाख ३० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका