Samacharpati
शनिबार, माघ ११, २०७६
  • होमपेज
  • जनचेतना जगाउन स्वास्थ्य शिविर आवश्यक सभापति कोइराला

जनचेतना जगाउन स्वास्थ्य शिविर आवश्यक सभापति कोइराला

लेखनाथमा दक्षिण कोरियाको अशान मेडिकलद्वारा वृहत निःशुल्क स्वास्थ्य शिविर

जनचेतना जगाउन स्वास्थ्य शिविर आवश्यक सभापति कोइराला

पोखरा,  २८ पुस । पोखराको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा अन्तराष्ट्रिय सेवा सुविधा सहितको निःशुल्क वृहत स्वास्थ्य शिविर शुरुभएको छ । शिविरको गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले एक कार्यक्रमका विच शुभारम्भ गर्नुभयो । सभापति कोइरालाले अशान मेडिकल सेन्टर दक्षिण कोरियाको नेतृत्व गर्दे आउनु भएका डाक्टर चा हेयुङ वनलाई बल्ड प्रेसर सेट हस्तान्तरण गरेर शिविरको उद्घाटन गर्नुभएको हो । सभापति कोइरालाले अन्तराष्ट्रिय रुपमा ख्याति कमाएका मेडिकलका डाक्टरहरुबाट आफ्नै घर आगनमा सेवा लिन पाउनु महत्वपुर्ण रहेको बताउनु भयो ।

कोइरालाले निशुल्क शिविले स्वास्थ्य प्रति आम मान्छेलाई सचेत गराउने बताउनु भयो । हामी नेपालीहरु पहिले पहिले विरामी भएपछि मात्र अस्पताल जाने गरेपनि हिजो आज स्वास्थ्यप्रति सचेतना बढ्दै गएको बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्रमा बृहत निःशुल्क शिविर सञ्चालन गरेको अशान मेडिकल सेन्टर दक्षिण कोरियाको टिमलाई धन्यबाद दिदै आगामी दिनमा पनि शिविरलाई निरन्तरता दिन आग्रह गर्नुभयो । शिविर ल्याउन, ब्यबस्थापन गर्न सहयोग र पहल गर्ने सवैप्रति आभार प्रकट गर्नुभयो ।

सोमबार देखि शुरुभएको शिविर बुधबार सम्म चल्ने छ । अशान मेडिकल सेन्टर दक्षिण कोरियाको प्राविधि सहयोग र लेखनाथ सामुदायिक लायन्स अस्पतालको ब्यवस्थापनमा तीन दिने निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा कोरियाका ३८ जना डाक्टर र अन्य गरी ७० जनाको समुहले सेवादिने बताइएको छ । लेखनाथ सामुदायिक लायन्स अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश भटराईले दुई हजार एक सय जनाले नाम दर्ता गराएको बताउनु भयो । दिनमा सातसय जनाको स्वास्थ्य जाँच गरिने बताएको छ ।

शिविरमा जनरल मेडिसिन,सर्जरी,मुटुरोग,आँखा उपचार,हाड जोर्नी,नसा तथा छाला,स्त्री रोग लगाएतका विरामीको चेक जाच र निःशुल्क औषधि वितरण गर्ने कार्यक्रम रहेको छ भने गम्भीर मुटुरोग लागेका पाँच जना बच्चाहरुलाई अभिभावको साथमा दक्षिण कोरियामा लगेर निुःशुल्क मुटुरोगको उपचार गर्ने ब्यवस्था समेत मिलाईएको छ । कार्यक्रममा शिविरको लागि पहल गर्नुभएका विमल बराल, वडानं ३०का वडा सदस्य सोमप्रसाद कडेल लगायतले बोल्नु भएको कार्यक्रममा लेखनाथ सामुदायिक लायन्स अस्पतालका अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका