Samacharpati
शनिबार, माघ ११, २०७६
  • होमपेज
  • अफगानिस्तानमा नौ लडाकूद्वारा आत्मसमर्पण

अफगानिस्तानमा नौ लडाकूद्वारा आत्मसमर्पण

अफगानिस्तानमा नौ लडाकूद्वारा आत्मसमर्पण

असादाबाद ,अफगानिस्तान, २८ पुस । अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा इस्लामिक स्टेट्स (आइएस) समूहका नौ लडाकूले अफगान सेनासमक्ष आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएको छ ।

आइएसका नौ लडाकूले आइतबार कुनार प्रान्तको मानोगे जिल्लामा अफगान राष्ट्रिय सेनासमक्ष आत्मसमर्पण गरेका हुन ।

हालका केही महिनायता १ हजार ३ सय भन्दा बढी आइएस लडाकूले हातहतियारसहित कुनार र छिमेकी प्रान्त नान्गाहार स्थानीय सरकारी अधिकारीहरुसमक्ष आत्मसमर्पण गरेका जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका