Samacharpati
आइतबार, माघ १२, २०७६
  • होमपेज
  • गायक सुशान कुँईकेल र जितु लोप्चनको दोहोरी ब्याटल “फुच्ची”सार्वजनिक

गायक सुशान कुँईकेल र जितु लोप्चनको दोहोरी ब्याटल “फुच्ची”सार्वजनिक

काठमाडौँ, २७ पुस ।  गायक सुशान कुँईकेल र गायिका जितु लोप्चन’को दोहोरी ब्याटल गीत ”फुच्ची”सार्वजनिक भएको छ । गायक सुशान कुँईकेल बहु प्रतिभाका गायक हुन्, गायक कुँईकेल फरक फरक विधाका गीत गाउने अब्बल गायक भन्दा पनि फरक नपर्ला , केहि समय अघि उनको आवाजमा ”कान्छी” बोलको पप गीतले पनि चर्चा परिचर्चा कमाएको थियो ।

सोहि अनुरुप उनले अहिले लोक पप दोहोरी ब्याटल ”फुच्ची” गीत बजार ल्याएको केहि समयमै उनको गीतको चर्चा परिचर्चा हुन लागेको छ । गायक सुशान’लाई गायकीमा गायिका जितु लोप्चनले साथ दिएकि छन् ।

गीतमा रुपक अधिकारि शब्द ,बाल कृष्ण सेवाचार्य ‘को संगीत तथा संगीत संयोजन रहेको छ भने,गीतको भिडियोमा निर्देशन बाल कृष्ण सेवा’ छायाँकन तथा भिडियो सम्पादन अशोक रंजित’को रहेको छ । उक्त भिडियोमा गायक सुशान कुँईकेल ,सम्रिना बस्नेत र साथीहरुको रमाईलोअभिनय देख्न पाईञ्छ ।

गायक सुशान भन्छन यो दोहोरी ब्याटल टाईपको गीत हो यसमा सिम्पल टिपिकल र समय सान्दर्भिक शब्दहरु समाबेश छन् । आशा छ यो मेरो गीतलाई दर्शक स्रोताहरुले मन पराइदिनुहुने छ । गीत’को भिडियोलाई फ्लुत्तेर म्युजिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका