Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै राप्रपा कास्कीद्वारा मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै राप्रपा कास्कीद्वारा मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै राप्रपा कास्कीद्वारा मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश

 पोखरा, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदाको माग गर्दै शुक्रबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा नेपाललाई ४ जात ३६ वर्णको साझा फुलबारी र मालाको संज्ञा दिएर एकीकरणको महा अभियान चालेका राष्ट्रनिर्मातालाई विर्सन खोज्नुले देश जर्जर अवस्थामा पुगेको हो कि भन्ने आम नेपालीहरुले महसुस गरेको उल्लेख गरिएको छ ।

देशमा एकता कायम गर्नको लागि भए पनि पुस २७ गते पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाइनु पर्ने राप्रपा कास्कीको ठहर छ ।

देशलाई टुक्रिन दिन हुँदैन भन्ने नीति वर्तमान सरकार र स्वयं प्रधानमन्त्रीको पनि रहेकोमा हामी आम नेपाली विश्वस्त छौं र गर्व पनि गरिरहेका छौं– ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्र बुझाउन केन्द्रीय सदस्यहरु तथा जिल्ला स्थित नेता तथा कार्यकर्ताहरु मुख्य मन्त्री कार्यालय पुगेको राप्रपा कास्कीका सहसचिव तथा प्रचार विभाग केन्द्रीय सदस्य सुर्य बास्तोलाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका