Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • पश्चिम एशियामा विकसित घटनाप्रति नेपालको गम्भीर चासो

पश्चिम एशियामा विकसित घटनाप्रति नेपालको गम्भीर चासो

पश्चिम एशियामा विकसित घटनाप्रति नेपालको गम्भीर चासो
काठमाडौँ, २४ पुस । सरकारले पश्चिम एशिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको र त्यसप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै त्यहाँ रहेका आप्रवासी कामदारको सुरक्षा नेपालको अति महत्वको विषय भएको बताएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पश्चिम एशियाको शान्ति र स्थायित्वलाई जोखिममा पार्ने गरी तनाव बढेको भन्दै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ ।
साथै सरकारले सबैखाले द्वन्द्व र मतभिन्नताको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्ने नेपालको मान्यता दोहोर्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका