Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • प्राविधिक र ठेकेदारको मिलेमतो तोड्नुपर्छ : सांसद बराल

प्राविधिक र ठेकेदारको मिलेमतो तोड्नुपर्छ : सांसद बराल

प्राविधिक र ठेकेदारको मिलेमतो तोड्नुपर्छ : सांसद बराल

श्रीभद्र पौडेल हेमजा, २३ पुस । गण्डकी प्रदेशसभा सांसद रामजी वरालले विकास निर्माणमा हुने गरेको प्राविधिक तथा ठेकेदारको मिलेमतो तोड्नुपर्ने बताएका छन् । बुधवार(आज) हेमजा स्थित मेलवोट खानेपानी मुहान सडकको अनुगमनका क्रममा सांसद बरालले त्यस्तो बताएका हुन् । प्राविधिकलाई पारिश्रमिक कम भयो भने राज्यलाई भन्ने हो तर ठेकेदारसँग मिलेमतो गर्ने होइन, मिलेमतोसँगै कामको गुणस्तर खस्कने जनाउँदै सांसद बरालले त्यो प्रवृति समृद्घ नेपाल निर्माण गर्ने अभियानको बाधक भएको औँल्याएका छन ।

स्थानीय सरोकारवालाको आग्रहमा सांसद वराल सहित हेमजाका वडाध्यक्ष शोभाकर तिम्सिना, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हेमजा वडा कमिटिका पदाधिकारी, वडा सदस्य लगायतको टोलीले स्तरउन्नती जारी रहेको उक्त बाटोको अनुगमन गरेको हो। अनुगमन पछि इञ्जिनियर सहित सरोकारवालाको टोलीलाई सम्बोधन गर्दै सांसद वरालले सम्भौता अनुसार काम गर्न निर्देशन दिए। उनले जनतालाई सानातिना साद सिमानाका कुरामा अल्झिएर विकास नरोक्न पनि आग्रह गरेका छन ।

फलामेखेत(तल्लो झिर्झिका) सडक सरोकार समितिका अध्यक्ष इन्द्रप्रसाद दाहालले निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेको औँल्याए ।भुगोलले मागे अनुसार काम भएन, सडकको केन्द्रबाट आधा आधाको मापदण्ड पनि कायम गरिएन, गुणस्तरीय काम पनि भएन भन्दै अध्यक्ष दाहालले निर्माण कम्पनीलाई त्यस्तो नगर्न आग्रह गरेका थिए ।

जवाफमा इञ्जिनियर आनन्द पौडेलले विवादका विच काम गर्नुपर्दा असहज भएको अनुभव सुनाए ।जग्गा विवाद, मौसम, विजुलीका पोल, घर टहरा भत्काउने कार्य, पहिरो तथा सुरुको अवस्थामा शिलान्यासका लागि भनेर करिव २० दिनजती काम गर्न नपाउँदा समयमै कार्य सम्पन्न गर्न नसकको उनले स्पष्ट पारेका थिए। बाटोको मापदण्ड भने आफूहरुले कायम गरेको उनको दावी थियो।

उक्त बाटो गत वर्ष संघिय सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलन्यास गरेका थिए ।सडक हेमजाको मेलवोटबाट सुरु भएर लुम्रे सिधिङसम्म कुल १५.९ कि.मी लामो तथा ६.२५ मिटर नाला सहित निर्माण गरिने भनिएको थियो ।निर्माणको जिम्मा हिमदुङ एण्ड थोकर ड्रागन जेभीले पाएको थियो। १८ महिना भित्र काम सक्नेगरी कुल रु.२६ करोड १ लाख ९७ हजार २ सय ३९ रुपैँयामा ठेक्का सम्झौता भएको थियो ।तर सम्झौता समय सकिन ४÷५ दिन मात्रै बाँकी रहदाँ समेत करिव ५५ प्रतिशत कार्य मात्र भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका