Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • किसान विद्रोहका योद्धा चौधरीलाई घर बनाउन भेटिए दाता

किसान विद्रोहका योद्धा चौधरीलाई घर बनाउन भेटिए दाता

किसान विद्रोहका योद्धा चौधरीलाई घर बनाउन भेटिए दाता
बनियानी, २३ पुस । झापाका तत्कालीन किसान विद्रोहका अग्रणी नेता टङ्कप्रसाद चौधरीलाई घर निर्माण गर्न स्थानीय समाजसेवी भक्तिप्रसाद तिवारीले जग्गा प्रदान गर्नुभएको छ । विसं २०२८ मा झापामा भएको किसान विद्रोहका क्रममा उहाँले नौ वर्ष तीन महिना कठोर जेल जीवन बिताउनु भएको थियो । ७० वर्षीय चौधरी आफन्तमा बस्दै आउनुभएको छ ।
बिर्तामोड नगरपालिकाले चौधरीका लागि घर निर्माण गरिदिनेभएपछि तिवारीले साढे पाँच धुर जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले किसान विद्राहका नेता चौधरीलाई नगरपालिकाले निःशुल्क आवास बनाइदिने जानकारी दिनुभयो । नगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा नगरप्रमुख शिवाकोटीले चौधरीलाई पुर्जा हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा समाजसेवी तिवारीले आफूले राजनीतिक योद्धालाई सहयोग गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो । चालू आर्थिक वर्षमा बिर्तामोड नगरपालिकाले २०० गरीब तथा विपन्नलाई आवास निर्माण गर्नेसमेत जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका