Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • आगामी राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवार समेटिने

आगामी राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवार समेटिने

आगामी राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवार समेटिने
विराटनगर, २३ पुस । कृषि उत्पादनमा आत्मनिर्भर र कृषकको जीवनस्तर वृद्धिमा कृषि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने सरोकारवाले बताउनुभएको छ । केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय मोरङद्वारा मङ्गलबार यहाँ आयोजित आगामी राष्ट्रिय कृषि गणना–२०७८ का विषयवस्तुमा सरोकारवालासँग छलफलका सहभागीले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन जोड दिए । उनीहरुले विगतमा कृषि गणनामा सोधिएका विषयवस्तुमा संशोधन तथा थप गर्नुपर्ने सुझाव दिएका थिए ।
यसपटकको गणनामा २५ लाख घरपरिवारमा प्रत्यक्ष सम्पर्क गरी दुई लाख ५० हजार तथ्याङ्क सङ्कलन गरिने लक्ष्य रहेको छ । हिमाल तथा पहाडमा चारआना तथा तराईमा आठ धुर जग्गा हुनेसम्मको तथ्याङ्क सङ्कलन गरिने कार्यक्रममा जानकारी दिइयो । एक गाईभैँसी, पाँच भेडाबाख्रा र २० कुखरापालनलाई समेत गणनामा समावेश गरिने भएको छ । प्रदेश नं १ का प्रदेश योजना आयोग उपाध्यक्ष सुुवोधराज प्याकुरेलले राज्यको साधनको उचित प्रयोग र बजेट विनियोजनमा कृषि गणना फलदायी हुने बताउनुुभयो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सन्दीपकुमार राई तथा पशुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक लेखराज दाहालले गणनालाई विश्वसनीय बनाउन प्राप्त सुझाव समेट्नुपर्नेमा जोड दिनुभयो ।
विगतमा जिल्लामा तल कृषि तथ्याङ्क नभएको अवस्था आगामी कृषि गणनामा ७५३ स्थानीय तहको उपयोगी कृषक र कृषिको अवस्थाबारे सही तथ्याङ्क लिने विभागका निर्देशक बद्री कार्कीले बताउनुुभयो । विभागका अर्का निर्देशक डा महेश सुवेदीले महिलाको नामकोे जग्गा, कृषि बीमा तथा अनुदान, कृषिमा जलवायु परिवर्तनको असर, बालीमा विषादीको प्रयोग, सरकारी सेवा–सुुविधामा कृषकको पहुँच आदि विषय गणनामा समेटिने छ भन्नुभयो । राष्ट्रिय जनगणना विस २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुँदैछ । यसको छ महिनापछि राष्ट्रिय कृषि गणना हुुने कार्यक्रममा जानकारी गराइयो । नेपालमा पहिलो कृषि गणना विसं २०१८ मा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका