Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • चालककै कारण दुुर्घटना बढ्दो

चालककै कारण दुुर्घटना बढ्दो

चालककै कारण दुुर्घटना बढ्दो
पाल्पा, २२ पुस । जिल्लामा ट्राफिक नियम पालन नगरी सवारीसाधन सञ्चालन गर्ने बढी देखिएका छन् । ट्राफिक नियम  विपरीत सवारी सञ्चालन गर्दा दुर्घटना बढेको देखिएको छ । चालकका कारण जिल्लामा ७० प्रतिशत दुर्घटना भएका छन् । चालकले मदिरा सेवन गरी सवारीसाधन चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा सप्ताहव्यापी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
यही पुस १३ देखि १९ गतेसम्म सञ्चालित कार्यक्रममा ३८९ सवारी कारवाहीमा परेका छन् । सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालित अवधिमा १३ सवारी दुर्घटनामा नौ जना घाइते भएका छन् । उन्नाइस सवारीसाधनमा दुर्घटनाबाट क्षति भएको छ । प्रहरीले मोटरसाइकल र स्कुटी ५८, जिप, कार र भ्यान ७३, बस, टिपर र ट्रक २०२, ट्र्याक्टर ५६ प्रहरी उक्त जाँचका क्रममा चालकले नियम पालना नगरेको देखिएको थियो । चालक, सहचालक, यात्रु तथा पैदलयात्रीले पालना गनुपर्ने नियम र कर्तव्यसम्बन्धी दश हजार ७०० लाई सचेत बनाउने काम गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटना न्यूनीकरणका लागि पर्चा, पम्प्लेटसमेत वितरण गरिएको छ । करिब ७६७ सवारीमा ट्राफिक सचेतनामूलक स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्लेले बताउनुभयो । चालू आर्थिक वर्षको पाँच महिनामा मात्र करिब रु ५० लाख राजश्व सङ्कलन भएको काफ्लेले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले दुर्घटना कारण अकालमा ज्यान गुमाउनुपर्ने हुँदा दुर्घटना न्यूनीकरणसम्बन्धी अभियान नै सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले सवारीसाधन चालक, सहचालक, यात्रु तथा सवारी मालिकलाई समेत दुर्घटना न्यूनीकरणका लागि सचेत गर्ने काम भएको बताउनुभयो । चालू आवमा छ महिनाको अवधिमा जिल्लामा १५ को सवारी दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ । जिल्लाका मुख्य तथा सहायक सडकमा साना तथा ठूला १३० दुर्घटना भएका छन् । दुर्घटनाबाट ७१ गम्भीर घाइते अवस्थामा छन् । सामान्य घाइतेको अवस्था झण्डै १८१ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका