Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • वन्यजन्तुले क्षति पुर्याएका पीडित किसानलाई क्षतिपूर्ति

वन्यजन्तुले क्षति पुर्याएका पीडित किसानलाई क्षतिपूर्ति

वन्यजन्तुले क्षति पुर्याएका पीडित किसानलाई क्षतिपूर्ति
चरिकोट, २१ पुस । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले संरक्षण क्षेत्रका वन्यजन्तुले क्षति पुर्याएका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका र विगु गाउँपालिकाका किसानलाई संरक्षण क्षेत्रका वन्यजन्तुले पुर्याएको क्षतिको आधारमा रकम उपलब्ध गराएको हो । संरक्षण क्षेत्रअन्तर्गत बसोबास गर्ने विगु र गौरीशङ्कर गाउँपालिकाका नौ किसानलाई रु एक लाख चार हजार क्षतिबापतको रकम भुक्तानी गरेको छ ।
विगु गाउँपालिका वडा नम्बर १ लामाबगरका मेनमाया तामाङले रु २३ हजार, गौरीशङ्कर गाउँपालिका¬९ गौरीशङ्करका आइतीमाया तामाङले रु १७ हजार, गौरीशङ्कर गाउँपालिका–५ सुरीका नेत्रबहादुर खड्काले रु नौ हजार, सोही वडाका दिनेश खड्काले रु १० हजार, गौरीशङ्कर गाउँपालिका¬८ खारेका अर्जुन बुढाथोकीले रु १० हजार र सोही वडाका टलकबहादुर तामाङले रु १५ हजार तथा साङवीर तामाङले रु पाँच हजार क्षतिबापतको रकम पाउनुभएको छ । अधिकांश किसानको संरक्षण क्षेत्रभित्र रहेका चितुवाले पशु चौपायामा क्षति पुर्याएको र क्षतिबापतको रकम किसानलाई उपलल्ध गराइएको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख सत्यनाराण शाहले बताउनुभयो ।
गौरीशङ्कर संरक्षण क्षेत्रमा लोप हुन लागेका धेरै प्रजातिका जीवजन्तुको बास स्थान भएको र वन्यजन्तुले किसानलाई क्षति पुर्याएमा संरक्षण क्षेत्रले क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउने भएको हुँदा सबैले वन्यजन्तुको संरक्षण गर्न संरक्षण प्रमुख साहले आग्रह गर्नुभयो । हालै गौरीशङ्कर संरक्षण क्षेत्रले गरेको अध्ययनमा २१ संरक्षित वन्यजन्तुमध्ये सात प्रजातिका वन्यजन्तु यस संरक्षण क्षेत्रमा रहेको प्रमाण फेला पारेको छ । हिउँचितुवा, ब्वासो, रेडपाण्डा, कस्तुरी मृगजस्ता महत्वपूर्ण जनावर संरक्षण क्षेत्रमा रहेको संरक्षण क्षेत्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका