Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • बाजुरामा भारी हिमपात र वर्षा

बाजुरामा भारी हिमपात र वर्षा

  • रासस
  • शुक्रबार, पुस १८, २०७६
बाजुरामा भारी हिमपात र वर्षा
बाजुरा, १८ पुस । बाजुरामा बिहीबार अपरान्ह्देखि दोस्रोपटक भारी हिमपात र वर्षा भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा भारी हिमपात भएको छ । हिमपातसँगै तल्लो क्षेत्रतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ । अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको छ ।
चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँपालिका आसपासका स्थानीय हाटबजार आङ्शिक रूपमा बन्द छन् । हिमाली क्षेत्रमा भारी हिमपातले बाहिर निस्कनसमेत समस्या भइरहेको गौमुलका रामबहादुर बुढाले जानकारी दिनुभएको छ । चिसो छल्न बेँसी झरेकालाई पनि बिहीबारदेखि बढेको चिसोले समस्या परेको छ । चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् ।
आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुशी भएका छन् । चिसोले हिमाली क्षेत्रमा पर्ने बिच्छ्या, रुगीन, कोल्टी, पाण्डुसैन, दहकोटलगायतका क्षेत्रमा विद्यालय बन्द छन् भने स्थानीयवासीलाई दैनिक कामकाज गर्नसमेत समस्या भएको छ । अहिले बाजुराको तापक्रम शून्य डिग्री तापक्रम छ । यसअघि मङ्सिर दोस्रो साता पनि बाजुराको सदरमुकामसम्मै भारी हिमपात भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका