Samacharpati
शनिबार, जेष्ठ २४, २०७७
  • होमपेज
  • हेटौँडा अस्पतालमा भेन्टिलेटर तथा आइसियु सञ्चालन

हेटौँडा अस्पतालमा भेन्टिलेटर तथा आइसियु सञ्चालन

हेटौँडा अस्पतालमा भेन्टिलेटर तथा आइसियु सञ्चालन

हेटौँडा, १५ पुस । हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ । नौ वर्ष अगाडि ल्याइएको भए पनि प्रयोगविहीन अवस्थामा रहेर बिग्रिएको भेन्टिलेटर मेशिनलाई मर्मत गरेर सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी दिएको छ । तत्कालीन समयमा रु १६ लाखमा दुईवटा मेशिन खरिद गरिएको थियो ।

जनशक्ति अभावलगायतका कारण थन्किएर रहेको र हाल सञ्चालनमा ल्याइएको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो । अस्पतालले परीक्षण स्वरुप आइसियु पनि सञ्चालन गरेको छ । जनशक्ति अभावका कारण हाल एउटा श्यया मात्र आइसियु सञ्चालनमा ल्याइएकोे हेटौँडा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । भेन्टिलेटर सञ्चालनमा आएसँगै अस्पतालमा परीक्षणको रुपमा रहेको सघन उपचार कक्ष आइसियु पनि नियमित रुपमा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

आइसियु सञ्चालनका लागि भेन्टिलेटर अत्यावश्यक भएको उहाँले बताउनुभयो । आगामी असारसम्ममा पाँच श्ययाको आइसियु तथा डायलसिस सञ्चालन गर्ने गरी अस्पतालले तयारी गरिरहेको पनि अस्पताल विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । प्रदेश सरकार मातहत अस्पताल आएपछि अस्पतालमा परिवर्तन आएको छ । बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिष्टलगायत विभिन्न विशेषज्ञ डाक्टर तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण हेटौँडा अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्न थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका