Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • चन्द समूहका तीन कार्यकर्ता पक्राउ

चन्द समूहका तीन कार्यकर्ता पक्राउ

चन्द समूहका तीन कार्यकर्ता पक्राउ

विराटनगर, १४ पुस । जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाई भनिने नरेश चौलागा, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् ।

चौलागाई समूहका मोरङ प्रमुख रहेको बताइएको छ । प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका–५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले आज जानकारी दिनुभयो । उनीहरुलाई विभिन्न समयमा सुराकीका आधारमा पक्राउ गरेको उहाँले बताउनुभयो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका