Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • कानून उल्लङ्घन गर्नेलाई क्षमा दिनुहुँदैन– अन्सारी

कानून उल्लङ्घन गर्नेलाई क्षमा दिनुहुँदैन– अन्सारी

कानून उल्लङ्घन गर्नेलाई क्षमा दिनुहुँदैन– अन्सारी

नेपालगञ्ज, १४ पुस । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले सेवा दिने र लिने दुवैको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । आइतबार नेपालगञ्जमा भएको ‘व्यापार र मानवअधिकार’ विषयक छलफल कार्यक्रममा उहाँले कानूनको उल्लङ्घन गर्नेलाई राज्यले क्षमा दिनु हुँदैन भन्नुभयो ।

मानवअधिकार सबैका लागि बराबर हुन्छ भन्दै सदस्य अन्सारीले कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्ति नै मानवअधिकारको ठूलो शत्रुका रूपमा रहेको बताउनुभयो ।

त्यस अवसरमा आयोगका नेपालगञ्ज प्रमुख चन्द्रकान्त चापागाईँ, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न पेशा, व्यवसायका सञ्चालक, रोजगारदाता र समृद्ध सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका