Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति प्रदान

स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति प्रदान

स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति प्रदान

ताप्लेजुङ, १३ पुस । सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई इन्द्रबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले छात्रवृत्ति प्रदान गरेको छ ।

प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा कक्षा १० मा अध्ययनत् मनकुमार शाहशङ्कर र सुजन इधिङ्गो, कक्षा ६ का पेम्बाछिरिङ शेर्पा, पासाङ डोमा शेर्पा र कक्षा ९ का कञ्चन पन्दाकलाई जनही रु १२ हजारका दरले जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको हो ।

स्व इन्द्रबहादुर श्रेष्ठका सुपुत्र तथा प्रतिष्ठानका सदस्य अमर श्रेष्ठले ती विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गर्नुभयो । फुङलिङका समाजसेवी व्यक्तित्व इन्द्रबहादुर श्रेष्ठको विसं २०५६ मा मृत्युभएको थियो । विसं २०६३ मा स्थापित प्रतिष्ठाले स्थापना कालदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका