Samacharpati
बिहीबार, माघ १६, २०७६

”गजल”

”गजल”

स्याङजा, ११ पुस ।

नयाँ प्रविधि आएर पो हो त
नर्स बन्ने रहर लाएर पो हो त।

किन सुन्थे दुनियाको लाल्छना,
सेवाको गित गाएर पो हो त।

किन झुक्थे बिरामीको सामु,
हामी भनी धाएर पो हो त ।

किन मरिमेट्थे यही पेशामा,
सर्वत्र चर्चा छाएर पो हो त ।

सबैको आफ्नो स्वइच्छा यहाँ,
हामी सेवा गर्न चाएर पो हो त।

न भन्नु छ रात,न त भन्नु छ दिन,
नर्सिङको कसम खाएर पो हो ।

अप्सारा बानिया
स्याङजा १ फेदिखाेला 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका