Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • कैलालीमा दुर्लभ प्रजातिकोअजिङ्गरको उद्धार

कैलालीमा दुर्लभ प्रजातिकोअजिङ्गरको उद्धार

  • रासस
  • शुक्रबार, पुस ११, २०७६
कैलालीमा दुर्लभ प्रजातिकोअजिङ्गरको उद्धार

धनगढी, ११ पुस । धनगढी बजारको मध्य भाग हुँदै बग्ने कैलाली खोलाबाट बिहीबार दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको छ ।

धनगढी उपमहानगरपालिका–४ स्थित खानेपानी कार्यालय नजिक रहेको कैलाली खोलाबाट साढे पाँच फिट लामो र अढाइ किलो तौल भएको दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको डिभिजन वन कार्यालय कैलालीका जिल्ला वन अधिकृत रामचन्द्र कँणेलले बताउनुभयो ।

अजिङ्गरको बासस्थानको रूपमा रहेको स्थानीय खुटिया सामुदायिक वन क्षेत्रमा लगेर छोडिएको कँणेलले जानकारी दिनुभयो । स्थानीय सर्वसाधारणले उक्त खोलामा अजिङ्गर देखेपछि वन कार्यालयमा खबर गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका