Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

इनरुवा, १० पुस । सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमान्को कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो । कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका