Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • तीनै तहमा कृषि सामग्री व्यवस्थापन सहज बनाइने

तीनै तहमा कृषि सामग्री व्यवस्थापन सहज बनाइने

तीनै तहमा कृषि सामग्री व्यवस्थापन सहज बनाइने

रुकुमपूर्व, ९ पुस  । रुकुमपूर्वमा निःशुल्क माटो परीक्षण शिविरमा १४० प्रकारका माटोको नमूना परीक्षण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, माटो तथा मल प्रयोगशाला खजुरा बाँकेको प्राविधिक सहयोगमा निःशुल्क माटो परीक्षण शिविर मंगलबारदेखि सञ्चालन भएको हो । शिविरमा ओखर जोन कार्यक्रम लागू गरिएका जिल्लाका किसानले ल्याएका माटो परीक्षण गरिएको थियो ।

शिविरमा माटोमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास र पिएच परीक्षण गरिएको परियोजना कार्यान्वयन एकाइ ओखर जोन रुकुमपूर्वका वरिष्ठ कृषि अधिकृत कफिल अहमदले जानकारी दिनुभयो । परीक्षणका लागि किसानबाट आएका ३०० भन्दा बढी माटोको नमूना रहेको र पहिलो दिन १४० नमूना मात्र परीक्षण गरिएको उहाँले बताउनुभयो ।

ओखर जोन कार्यक्रम लागू भएको क्षेत्रमा खेतीका लागि ‘माटो ठीक छ कि छैन’ भन्ने परीक्षण गरिएको थियो । अहिलेसम्म परीक्षण गरिएको माटोमा नाइट्रोजनको कमी रहेको पाइएको माटोेविज्ञ पर्शुराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण गरिएको माटोमा फस्फोरको मात्रा कमदेखि मध्यमसम्म रहेको र पिएच भने तटस्थ रहेको पाइएको छ । शिविरमा माटो तथा मल प्रयोगशाला खजुरा बाँकेका माटोविज्ञ शर्मालगायत पाँच जनाको टोलीको सहभागीता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका