Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • पोखरा चेम्बर अफ कमर्स कास्कीको आयोजनामा चाइनिज भाषाको तालिम शुरू

पोखरा चेम्बर अफ कमर्स कास्कीको आयोजनामा चाइनिज भाषाको तालिम शुरू

पोखरा चेम्बर अफ कमर्स कास्कीको आयोजनामा चाइनिज भाषाको तालिम शुरू

पोखरा ,  ८ पुस । पोखरा चेम्बर अफ कमर्स कास्कीको आयोजनामा तिन महिने चाइनिज तथा अंग्रेजी भाषाको तालिम सुरु भएको छ । तालिममा २० उद्यागी व्यावसायीको सहभागिता रहेको छ । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले तालिमको उदघाटन गर्दै पहिलो सुरुवात चिनियाँ भाषाको तालिमको चलाएको जानकारी दिए । उनले विस्तारै अरु भाषाको तालिम चलाउने बताए ।

चिनीयाँ राजदुतावासको सहकार्यमा एड्भान्स तालिम सञ्चालन गर्ने जानकारी दिदै उनले नेपाल चेम्बर ७० औं वर्ष प्रवेस र नेपाल भ्रमण वर्ष २०२०को अवसरमा तालिम चलाएको बताए । काठमाण्डौ केन्द्रीत चेम्बर २०७४ साल देखि जिल्ला तथा नगरहरुमा शाखा विस्तार गरेको उनले जनाए । उनले नेपाल सरकारको आर्थिक सल्लाहाकारको रुपमा रहेको चेम्बरले उद्योगी व्यापारीको हक हित र सरकारलाई नीतिगत सल्लाह दिएको बताए । पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग तर्फका उपाध्यक्ष गिता तिवारीले चिनीयाँ भाषाको तालिमले व्यावसायको प्रवद्र्धन र व्यक्तिगत विकासमा सहयोग पुग्ने बताइन् । उनले चेम्बरले महिला उद्यमीहरुलाई आत्म निर्भर बन्नको लागि सिलाई कटाई तालिम दिएको जानकारी दिइन् ।

चेम्बरका वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेलले उद्योगी व्यापारीको व्यापार व्यवसाय प्रवद्र्धनको लागि चिनियाँ भाषाको तालिम चलाएको बताए । पोखरा चेम्बरका अन्तराष्र्टिय विभाग प्रमुख रविबहादुर विकले निगता इन्टरनेशनल ल्याङगवेज एण्ड टेनिङ इन्टिच्युट प्रालिको प्राविधिक सहयोगमा रहेको तालिमको प्रशिक्षक विश्वास पालिखे रहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका