Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • तनहुँ बुल्दीखोला किनारमा जिल्ला पहिलो आधुनिक बधशाला निर्माण

तनहुँ बुल्दीखोला किनारमा जिल्ला पहिलो आधुनिक बधशाला निर्माण

तनहुँ बुल्दीखोला किनारमा जिल्ला पहिलो आधुनिक बधशाला निर्माण

तनहुँ, ८ पुस । व्यास नगरपालिका–३ बिसघरेस्थित बुल्दीखोला किनारमा जिल्लामै पहिलो आधुनिक र व्यवस्थित बधशाला निर्माण भएको छ । उपभोक्तालाई सफासुग्घर र स्वच्छ मासु उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले रु २२ लाख खर्चेर बधशाला निर्माण गरेको हो । एक रोपनी सार्वजनिक ठाउँमा कुखुरा, भैँसी, राँगो र खसी बोकाको लागि छुट्टाछुट्टै पशु बधस्थलको व्यवस्था मिलाइएको नगरपालिका–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जथाभावी पशु काटिँदा वातावरण दुर्गन्धित हुनुका साथै उपभोक्ताले स्वच्छ मासु खानाबाट वञ्चित हुँदै आएकोले त्यसलाई न्यूनीकरण गर्न बधशाला निर्माण गरिएको हो । उहाँले भन्नुभयो । “बिजुली विस्तारपश्चात बधशालासम्म जाने बाटोको लागि प्रक्रिया अघि बढाइएको छ ।” गत कात्तिक मसान्तभित्र सबै कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भए पनि बधशालासम्म पुग्ने बाटो निर्माण नहुँदा पुस महिनादेखि सञ्चालनमा ल्याउन लागिएको हो । उपभोक्ता समितिले उक्त मार्ग निर्माणमा ढिलाइ गरेमा बोलपत्र प्रक्रियामा जानुपर्ने भएकाले लक्षित समयभन्दा करिब दुई महिना ढिलाइ हुने भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

बधशाला सञ्चालनमा ल्याउनु अघि मासु व्यवसायी सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ, उपभोक्ता समितिलगायतका निकायबीच छलफल गरिने योजना छ । बधशालामा पशुबध गरिएको मासु मात्रै बिक्री गरिनेछ । वडासदस्य रविन पौडेलले भन्नुभयो, “सफा, सुग्घर स्वच्छ मासु भए नभएको अनुगमन तथा निरीक्षण कार्यलाई कडाइका साथ लागू गरिने छ ।” बधशाला नहुँदा मासु व्यवसायीले अस्वस्थ प्रतिस्पर्धाका साथै जथाभावी काटमार गरेर अव्यवस्थित (खुला) तरिकाले मासु ओसारपसार गर्दै आएकाले त्यसलाई समेत मध्यनजर गरी व्यवस्थित गरिन लागिएको नगरपालिकाले जनाएको छ । व्यवस्थित तरिकाले बधशाला निर्माण गरिएको तनहुँमा यो पहिलो भएको नगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका