Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • महिला फुटबल बराबरी गोलमा टुङ्गियो

महिला फुटबल बराबरी गोलमा टुङ्गियो

महिला फुटबल बराबरी गोलमा टुङ्गियो

काठमाडाैँ, ४ पुस । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् । बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेल्नुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

नेपालका लागि सविता रानामगरले एक गोल गर्नुभएको थियो । तीन मैत्रीपूर्ण खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा बराबरी बनाउन सफल भएको थियो ।

नेपालले पहिलो खेलमा बहराइनको यू–१९ टोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो र दोस्रो खेलमा नेपालले ३–० को जित निकाल्न सफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका