Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • मेक्सिकोमा आगलागीमा परि चौध जनाको मृत्यु

मेक्सिकोमा आगलागीमा परि चौध जनाको मृत्यु

मेक्सिकोमा आगलागीमा परि चौध जनाको मृत्यु

मेक्सिको सिटी ३ पुस । मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जना बालबालिका रहेका छन् । बुधबार भएको यस दुर्घटनामा अरु १२ जना घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ ।

एउटा ट्रकसँग बस ठोक्किएपछि भएको आगलागीमा परी यो हताहत भएको अधिकारीहरुले जनाएका छन् । बसमा एउटै परिवारका व्यक्तिहरु रहेका थिए । गौन्जौटोबाट पुएर्टो भाल्लार्तातर्फ गइरहेका सो बस दुर्घटना भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

यस घटनामा घाइते भएकाहरुलाई तत्कालै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका