Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • बेनीगाउँ सामुदायिक स्वास्थ्य इकाईकाे भवन उद्घाटन

बेनीगाउँ सामुदायिक स्वास्थ्य इकाईकाे भवन उद्घाटन

बर्थिङ सेण्टर संचालनकाे लागि पहल अावश्यक

बेनीगाउँ सामुदायिक स्वास्थ्य इकाईकाे भवन उद्घाटन

समाचारपाटी, गाेरखा, २ पुस । गाेरखाकाे गण्डकी गाउँपालिकाकाे घ्याल्चाेक स्थित बेनिगाउँमा निर्माण भएकाे बेनीगाउँ सामुदायिक स्वास्थ्य इकाईकाे भवन उद्घाटन गरिएकाे छ ।

असल छिमेकी नेपालले गण्डकी गाउँपालिकाकाे सहयाेगमा निर्माण गरेकाे भवन गाउँपालिकाका अध्यक्ष हाेमबहादुर रानाले उद्घाटन गर्नुभएकाे हाे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रानाले अाफुले निर्वाचनका बेला गरेकाे बाचा स्वरुप गाउसभाकाे पहलाे निर्णय बेनीगाउँमा स्वास्थ्य इकाई बनाउने गरेकाे र त्यसलाई पूरा गरेकाे उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे – हामीले गरेका बाचा पूरा गर्न प्रतिवद्व छाै, तपाईहरुले हामिलाई साथ दिनुहाेस ।

रानाले मुन्थलादेवीकाे विकासका लागि डिपिअार बनिसकेकाे र गाउँपालिकाले याे अावमा १५ लाख छुट्याएकाे बताउनुभयाे । उहाँले गाउँपालिकाकाे अार्थिक सामाजिक बिकासकाे लागि निरन्तर लागिरहने र स्थानियकाे चाहाना अनुसारका याेजनालाई प्राथमिकताकाे अाधारमा अगाडि बढाउदै जाने उल्लेख गर्नुभयाे ।

साे अवसरमा गाउपालिकाका प्रशासकिय अधिकृत राकेश गुरुङले स्वास्थ्य इकाईकाे भवन स्थापना भएपछि अब अावश्यक अाैषधि र बर्थिङ सेण्टरकाे लागि पहल गर्ने बताउनुभयाे । उहाले स्थानियकाे सकृयता र असल छिमेकीकाे इच्छाशक्तीका कारण भवन निर्माण समयमा सम्पन्न भएकाे बताउनुभयाे ।

कार्यक्रममा गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राम प्रसाद रेग्मीले गणतन्त्र स्थापना हुनुभन्दा पहिला देखि अाफुहरुले गरेकाे पहलले अहिले सार्थकता प्राप्त गरेकाेमा खुसी लागेकाे बताउनुभयाे । उहाँले अब स्वास्थ्य इकाईमा बर्थिङ सेण्टर स्थापनाकाे लागि पहल गर्ने बताउनुभयाे ।

कार्यक्रममा घ्याल्चाेक स्वास्थ्यचाैकीका प्रमुख बिमल रेग्मीले स्वागत गर्नुभएकाे थियाे भने भवन निर्माणका क्रममा भएकाे अाम्दानी र खर्चकाे बारेमा असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र अधिकारीले जानकारी गराउनुभएकाे थियाे । असल छिमेकी नेपालका परियाेजना संयाेजक बिजय श्रेष्ठले संचालन गरेकाे कार्यक्रम बेनिगाउँ सामुदायिक इकाई व्यवस्थापन समितका अध्यक्ष अमर बहादुर गुरुङकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

स्वास्थ्य इकाईकाे भवन निर्माणकाे लागि स्थानिय सिताराम श्रेष्ठले जग्गा दान गर्नुभएकाे हाे । स्वास्थ्य इकाईकाे भवन ४ अानामा निर्माण भएकाे हाे । भवन असल छिमेकीकाे करिब ३० लाख र गण्डकी गाउँपालिकाकाे ६ लाख ५१ हजार गरि करिब ३६ लाख ५१ हजारमा स्वास्थ्य इकाईकाे भवन निर्माण सम्पन्न भएकाे हाे ।

धादिङमा बस्दै अाएका स्पेनका नागरिक फादर अल्काराेकाे सहयाेगमा जग खनेर पनि भवन बन्न नसकेकाे बेनिगाउँकाे उक्त भवन असल छिमेकी नेपाल र गाउँपालिकाकाे सहयाेगमा निर्माण सम्पन्न भएकाे हाे ।

स्वास्थ्य इकाईकाे भवन निर्माण भएपछि अब सामान्य उपचार सहित परिवार नियाेजन र गाउँघर क्लिनिक तेर्से संचालन गर्न सक्ने स्वास्थ्य इकाई प्रमुख सुनिता गुरुङले बताउनुभयाे ।

उहाँले भन्नुभयाे – अहिले महिनाकाे एक हजारमा भाडामा एउटा काेठामाबसेर सेवा दिदा निकै कठिन भएकाे थियाे, अब सेवा दिन सहज हुनेछ । गुरुङले थप्नुभयाे – सार्है गाराे गरि २ वर्ष बित्याे अब भुकम्प प्रतिराेधात्मक भवन बनेपछि सेवामा सहजता हुनेछ । भएका सामान पनि प्रयाे गर्न गाराे हुने गरेकाे बताउदै उहाँले अब बर्थिङ सेण्टर संचालन गर्न सक्षम भएकाे उल्लेख गर्नुभयाे ।

बेनिगाउँबाट गर्भवति महिलाहरु अहिले घ्याल्चाेक जान २ घण्टा लाग्छ । स्वास्थ्य इकाई प्रमुख गुरुङका अनुसार अहिले पनि गर्भवति महिलाहरुलाई स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन टाढा भएकाले बेनिगाउँकाे स्वास्थ्य इकाईमा बर्थिङ सेण्टर संचालन गर्न सके स्थानियलाई निकै सहज हुनेछ ।

स्वास्थ्य इकाईकाे भवन बनेपछि गण्डकी गाउँपालिकाकाे वडा नं. ८ का ३ सय घरधुरी सहित ३ सय घरधुरी सहित अासपासका स्थानियलाई स्वास्थ्य सेवाकाे लागि सहज हुनेछ । तर स्वास्थ्य इकाई प्रमुख सुनिता गुरुङका अनुसार अावश्यक सामाग्रीहरु सामान नभएकाे, अाैषधि समयमा नअाउने, जति अावश्यक अाैषधि हाे त्यति नअाउने समस्याले पिराेलेकाे बताउनुभयाे ।

एक प्रतिक्रिया on “बेनीगाउँ सामुदायिक स्वास्थ्य इकाईकाे भवन उद्घाटन

  1. पंक्तिकार ज्यू
    समाचारको लागी धन्यबाद , स्वास्थ्य इकाई भवन को उद्घाटन र हस्तान्तरण को समाचारले एकदम हर्सित छू। स्वास्थ्य इकाई भवन को सूरवाती चरणमा स्पेनी नागरिक फ़ादर अल्फ़ारो को सहयोग को कुरा लाई पनी ठाउ दिनू भएछ तर स्थान दिदै गर्दा उहाको सहयोग रक़म को बारेमा (Amount) किन खुलाएर लेखिएन वा जानकारी दीइएन , अली अपूरो र फादर को सहयोग को अवमूल्यन भएन र ?? जानकारी पाऊन पाए आभारी हुने थीए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका