Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” भिडियो सहित

गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” भिडियो सहित

काठमान्डौँ, ३० मङ्सिर । नेपाली लोकदोहोरी गीत संगीतमा मैलिक सिर्जनाहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

मायालुको यादमा जिवन विताउने प्रेमी प्रेमिकाको जिवन भोगाईलाई मौलिक रुपमा गीतमा प्रस्तुत गरिएको छ । सुन्दर परियारको शब्द तथा राम चन्द्र चन्दको लय सिर्जनामा गीत निमार्ण गरिएको छ । मौलिक भावहरु र जिवनका बास्तविक भावनाहरु गीतमा ब्यक्त गरिएको कारण आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायकले बताए ।

ताजेन्द्र खड्काको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ ।”बालिङ त्रियासी ”गीतको भिडियोमा सुरज पर्वत छिनाल , सुन्दर , सम्झना र जस्मिनको निकै लोभलाग्दो अभिनय रहेको छ । ”बालिङ त्रियासी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका