Samacharpati
मङ्लबार, असार २३, २०७७
  • होमपेज
  • पोखरा ममता प्रकरण : संगै सुतेकी श्रीमती मारेर झुण्डाएको आरोप, प्रहरी भन्छ अहिले बोल्न मिल्दैन (भिडियो)

पोखरा ममता प्रकरण : संगै सुतेकी श्रीमती मारेर झुण्डाएको आरोप, प्रहरी भन्छ अहिले बोल्न मिल्दैन (भिडियो)

पाेखरा, २९ मङ्सिर । प्रहरीले सहयोग नगरेको र हत्यारालाई सुरक्षित राखेको भन्दै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शब घर  अगाडी ममता मल्लको माईती पक्षले आक्रोश पोखे । गत बिहीबार आफ्नै श्रीमानसंग सुतेकी ममता मल्ल एक्कासी झुण्डिएको अवस्थामा फेला परेकी थिईन् । पोखरा १० की ममता मल्लको हत्या कि आत्महत्या भन्ने सम्बन्धमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

२४ वर्षकी मल्लको मृत्युप्रकरणको विषयलाई लिएर माईति पक्षले छनविनको माग गरिरहेका बेला आफुहरुले कानुन अनुसार अनुसुन्धानलाई अगाडी बढाईरहेको प्रहरीले बताएको हो । ममता बिहिबार दिउँसो आफ्नी छोरीलाई खाजा पुर्याएर फर्किए लगत्तै आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिईन् ।

पोष्टमार्टम नभएको अवस्थामा मृत्युको कारण खुलाउन नसकिने र घटनाबारे अहिले बोल्न नमिल्ने कास्की जिल्ला प्रहरी प्रबत्ता रामकुमार केसीले बताए । मृतक मल्लको शरीरमा निलडाम र तिखो वस्तुले गोपे जस्तो दाग देखिएका कारण उनको आत्महत्या नभई हत्या नै गरिएको हो, भनि माईतीपक्षले भनिरहेका छन् तर यो बिषयमा भने प्रहरी बोल्न मानिरहेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका