Samacharpati
साेमबार, चैत्र १७, २०७६

हालको खबर

  • होमपेज
  • सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु १८ जना घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु १८ जना घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु १८ जना घाइते

काठमाडौं, २९ मंसिर। दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । १८ जना घाइते छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३  जनाको ज्यान गइसकेको र कैयन हताहत रहेको  बताएका छन् । ‘डीएसपीले  दिएको जानकारी अनुसार घटनास्थलमा १३ जनाको शव भेटिएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचार गर्न पठाइएको छ’,  निमित्त प्रमुख जिल्ला अधिकारी  शर्माले  भनेका छन् ।

घटनामा १८ जना घाइते छन् । उनीहरूलाई उद्धार गरेर धुलीखेललगायतका अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रहरी निरीक्षक गणेश खनालका अनुसार, कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेकाे छैन । सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका