Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • लाहाचोकमा ११ ए साइड फुटवल प्रतियोगिता हुने

लाहाचोकमा ११ ए साइड फुटवल प्रतियोगिता हुने

लाहाचोकमा ११ ए साइड फुटवल प्रतियोगिता हुने

गोबिन्द तिमिल्सिना हेमजा, २९ मंसिर । माछापुच्छे त्रिशक्ति युनाईटेड क्लव माछापुच्छे–४, लाहाचोकको आयोजनामा ११ ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामि माघ १ गतेदेखि ६ गतेसम्म हुने छ ।

प्रतियोगिताको विजेताले रु.१ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु.७७ हजार सात सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । त्यस्तै उत्कृष्ठ गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता तथा अनुशासित समूहलाई पनि पुरस्कारको व्यवस्था गरीएको खेल संयोजक राजेन्द्र गौतमले जानकारी दिएका थिए ।

प्रतियोगिताको विजेता पुरस्कार स्मार्ट माछापुच्छे सेवा समाजका संयोजक भगवान शाहीले प्रायोजन गरेको छन् ।शनिवार बसेको बैठकले विभिन्न १२ उपसमिति गठन गरेको र प्रतियोगितामा गण्डकी प्रदेशका क्लवले मात्रै भाग लिन पाउने क्लव अध्यक्ष निरज शाहीले बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका