Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • कालिका माध्यमिक विद्यालयमा आएका विदेशी स्वयंमसेवक विद्यार्थीलाई विदाइ

कालिका माध्यमिक विद्यालयमा आएका विदेशी स्वयंमसेवक विद्यार्थीलाई विदाइ

कालिका माध्यमिक विद्यालयमा आएका विदेशी स्वयंमसेवक विद्यार्थीलाई विदाइ

पोखरा , २९ मंसिर । मदर एण्ड चिल्डेन्स आर्ट फाउन्डेसन नेपालको मातहतबाट भवानी कालिका माध्यमिक विद्यालयमा आएका अष्टेलियन स्वयंमसेवक विद्यार्थीलाई एक समारोहविच विदाई गरिएको छ । अस्टेलियाको युनिभर्सिटिमा अध्ययन गरि प्रयोगात्मक अभ्यासमा आएका स्वयमसेवक विद्यार्थीले पाँच दिन सम्म विद्यालयमा बसेर विविध भौतिक , आर्थिक तथा शैक्षिक कृयाकलाप गरेका थिए ।

विदाई समारोहमा ,मदर एण्ड चिल्डेन्स आर्ट फाउन्डेसन पोखराका कोअर्डिनेटर जगन्नाथ तिमिल्सिना , मदर एण्ड चिल्डेन्स आर्ट फाउन्डेसनकै गु्रप कोअर्डिनेटर राम राई , विद्यालयका प्रधानाध्यापक रमेश भट्टराई एवं स्वयंमसेवक विद्यार्थीका तर्फबाट सुजेन कार्टर बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी एवं स्वयंसेवक विद्यार्थीहरुले विविध सांस्कृतिक झलक प्रस्तुत गरेका थिए ।

स्वयंमसेवक विद्यार्थीले विविध शैक्षिक तथा खेलक’दका सामग्री प्रदान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनिया थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक रेशममाया दुराले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका