Samacharpati
बुधबार, माघ १५, २०७६
  • होमपेज
  • मण्टेश्वरी एशोसियसन कास्कीको आयोजनामा दोश्रो चाइल्ण्ड ट्यालेण्ट सो समपन्न

मण्टेश्वरी एशोसियसन कास्कीको आयोजनामा दोश्रो चाइल्ण्ड ट्यालेण्ट सो समपन्न

मण्टेश्वरी एशोसियसन कास्कीको आयोजनामा दोश्रो चाइल्ण्ड ट्यालेण्ट सो समपन्न

पोखरा, २८ मंसिर । मण्टेश्वरी एशोसियसन कास्कीको आयोजनामा दोश्रो चाइल्ण्ड ट्यालेण्ट सो समपन्न भएको छ । कास्की जिल्लामा रहेका ३६ वटा मण्टेश्वरीका ४ सय १४ विद्यार्थीहरुले विभिन्न विधामा आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बालबालीकाको प्रस्तुती निकै राम्रो रहेको र यसैगरी बालबालिकालाई अवसर दिने हो भने उनिहरुले अनतराष्ट्रिय रुपमा आफ्नो क्षमता प्रस्तुत गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले मण्टेश्वरी एशोसीयसनले बालबालीकाको प्रतिभा प्रस्फुटन गराएर उनिहरुको क्षमता विकासमा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । संस्थाका सहसचिव जनार्दन सुवेदीले कार्यक्रमको बारेमा प्रकाश पार्नुभयो । त्यस्तै स्वागत उपाध्यक्ष सालबी बास्तोलाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव सावित्री मोक्तान र अर्जुन परियारले गर्नुभएको थियो । संस्थाका अध्यक्ष मिलन केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रमलाई एनआईसी एशियाले मुख्य प्रयोजन गरेको थियो भने पोखरा महानगरपालिकाले विशेष सहयोग गरेको थियो । कार्यक्रममा प्रतिभा प्रस्तुत गर्ने सबै विद्यार्थीको हौसला बढाउन मेडल र पुरस्कार प्रदान गरिएको थियो । बालबालीको क्षमता विकासका लागि गरिएको यस्तो कार्यक्रमलाई निरन्तरता दिने मण्टेश्वरी एशोसियशन कास्कीका अध्यक्ष मिलन केसीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका