Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • विश्वहिन्दु महासंघ नेपाल कास्कीको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

विश्वहिन्दु महासंघ नेपाल कास्कीको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

विश्वहिन्दु महासंघ नेपाल कास्कीको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पोखरा, २८ मंसिर । विश्वहिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा शुक्रबार पोखरामा नेपाली समाजमा सनातन धर्म र हिन्दु संस्कृतिको महत्व विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । धार्मिक, सामाजिक र नैतिक समाजको उत्थान हाम्रो अभियान भन्ने नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ्गले हिन्दु धर्म संस्कार र संस्कृति विश्वकै उत्कृष्ट भएको हुँदा यसको संरक्षणका लागि स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

अव पनि हाम्रो पुर्वीय संस्कृतिको संरक्षणमा नलाग्ने हो भने पश्चिमा संस्कृतिको आक्रमण बढ्दै जाने र हाम्रोे सस्कृति हराउने बताउनुभयो । कार्यक्रमका विशेष अतिथि लक्ष्मी आर्दश मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणी लामिछानेले विश्वहिन्दु महासंघको मावि स्तरीय प्रतियोगिताको खुलेर प्रंशसा गर्नुभयो । साथै उहाँले महासंघले गर्ने हरेक गतिविधिमा आफ्नो पुर्ण समर्थन रहने पनि प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक रविन्द्रनाथ भट्राई, कालिका आमा समुहका अध्यक्ष कृष्णा शर्मा अधिकारी लगायतले बोल्नुभएको थियो ।

विश्वहिन्दु महासंघ नेपाल कास्कीका अध्यक्ष पार्वता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक गिता आचार्य सञ्चालन विश्वहिन्दु महासंघ कास्कीका महासचिव शिवप्रसाद कोइरालाले गर्नुभएको थियो । विभिन्न विद्यालयका १२ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगिताको निर्णायकमा विश्वहिन्दु महासंघ नेपालका केन्द्रिय सचिव जगन्नाथ कोइराला, पृथ्वीनारायण क्याम्पसका उपप्रध्यापक सुरज पौडेल र रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी रहनुभएको थियो । वक्तृत्वकला प्रतियोगितामा डायमण्ड माविकी निश्मा शर्मा प्रथम, त्रिभुवन शान्ति माविकी भूमिका पौडेल द्धितिय, गोगन माविकी सविना पुवाली तृतीय र न्यू लाइट माविकी सुप्रिया गौतम सान्त्वना भएका छन् ।

प्रथम, द्धितिय, तृतीय र सान्त्वनाले क्रमश नगद रु. १ हजार, ७ सय, ५ सय र ३ सय सम्मान पत्र प्राप्त गर्नुका साथै श्रीपञ्चमीको दिनमा हुने फाइनल प्रतियोगिताका लागि छनौट भएका छन् । सस्थाको आयोजनामा अव पौष ४ गते संस्कृत मावि वगर, पौष ११ गते जनप्रिय मावि सिमलचौरमा प्रतियोगिता गरी त्यहाँबाट छानिएका सहित गरि १२ जनाको अन्तिम प्रतिस्पर्धा माघ १६ गते श्रीपञ्चमीको दिन केदारेश्वर महादेवमणी सेवा आश्रममा गरिनेछ । विगतका वर्षमा पनि यस्तै किसिमको प्रतियोगिता गर्दै आएको संस्थाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई एक÷एकप्रति श्रीमद् भगवत् गीताको पुस्तक निशुल्क प्रदान गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका