Samacharpati
मंगलबार, माघ १४, २०७६
  • होमपेज
  • परिसंघका पदाधिकारी र जापानका राजदूत बीच भेटवार्ता

परिसंघका पदाधिकारी र जापानका राजदूत बीच भेटवार्ता

परिसंघका पदाधिकारी र जापानका राजदूत बीच भेटवार्ता

काठमान्डाैँ, २८ मङ्सिर । नेपालका लागि मित्रराष्ट्र जापानका राजदूत महामहिम मासामिची सेइगो (Masamichi Saigo) र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच मंसिर २७ गते परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । प्रारम्भमा राजदूत मासामिची सेइगाको स्वागत गर्नु हुँदै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल जापान बिचको आर्थिक तथा व्यापारिक एवं लगानी र पर्यटनमा रहेको द्धिपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनु पर्ने बताउनु भयो ।

जापानको आर्थिक तथा व्यवसायिक विकासबाट नेपालले सधै लाभ लिइरहेको र यसलाइ थप विस्तार गर्न जापानको लगानी बढाउन सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको र खासगरि उत्पादनमुलक क्षेत्र,कृषि तथा पर्यटनमा लगानीका संभावनाहरु रहेको तर्फ अध्यक्ष मोरले राजदूत मासामिचीको ध्यानाकर्षण गराउनु भयो । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपालमा जापानी पर्यटकको सँख्या बढाउन राजदूतावासले सक्रिय भूमिका निर्वाह गर्न समेत अध्यक्ष मोरले राजदूत समक्ष आग्रह गर्नु भएकाे थियाे ।

जापानको औद्योगिक क्षमता तथा दक्षतालाई मध्यनजर राख्दै नेपालमा दक्ष जनशक्तिको अभाव रहेकाले जापानमा औद्योगिक परिक्षार्थी आदानप्रदान गर्ने सन्दर्भमा समेत अध्यक्ष मोरले सहकार्य गर्न सकिने बताउनुभएकाे थियाे । सो अवसरमा राजदूत मासामिची सेइगाले जापान र नेपालको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारलाई आफुले प्राथमिकतामा राखेको बताउनु भयो ।

द्धिपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार र औद्योगिक प्रशिक्षार्थी आदानप्रदान एंव तालिमका सन्दर्भमा थप मद्दत गर्ने बारे थप गृहकार्य गरि सहकार्य अघि बढाउने राजदूत मासामिची सेइगाले उल्लेख गर्नुभएकाे थियाे । भेटवार्तामा परिसंघका उपाध्यक्षहरु, दूतावासका आर्थिक मामिला हेर्ने अधिकारी समेतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका